ट्रेण्डिङ्ग:
|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए|श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध|प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई |संघीय संसद्का १२ वटा समितिका सभापतिहरू निर्वाचित|कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

उद्योग मन्त्रीमा गौरीकुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव, पद तथा गोपनीयताको शपथ गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । 

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री द्वयलाई शपथ ग्रहण गराउनुभएको हो ।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, लगायतको उपस्थिति थियो ।

  himalayanvoice.com | २७ चैत्र २०८२, शुक्रबार १०:५४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online