ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

जनकपुरधाम । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै कोशी प्रदेशलाई १८५ रनले पराजित गरेको छ ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३६२ रनको उच्च स्कोर खडा गरेको थियो । ३६३ रनको लक्ष्यसहित व्याटिङ्ग गरेको कोशी प्रदेशले ३६ ओभरमा अल आउट हुँदै १७७ रन मात्र बनाउन सक्यो ।

त्रिभुवन आर्मीका तर्फबाट ओपनर व्याट्स म्यान विनोद भण्डारीले १८९ रन बनाएका थिए । आर्मीका तीर्थराज दासले ३३, भिम सार्कीले ८० र जीतेन्द्र ठकुरीले ३१ जन जोडेका थिए ।

कोशीका तर्फबाट विपिन महतोले ३, दिपेश खण्डेवालले १, सोहन साहले १ र आशिष मगरले १ विकेट लिएका थिए ।

कोशीका तर्फबाट ओपनर सुजन थपलियाले ५ चौका १ छक्काको मद्दतले ३० रन जोडेका थिए । सुभाष भजगनले ३०, आशिष मगरले २५, दिपेश खण्डेवालले १३ रन बनाए पनि अन्य व्याट्स म्यानले दोहोरो अङ्कमा रन जोडन नसकेपछि कोशी ३६ ओभरमा अल आउट हुँदै १७७ रनमा समेटियो ।

बलिङमा आर्मीका साहब आलमले १, आकाश चन्दले ३, बसीर अहमदले २, पवन सार्कीले १ र नरेश साउदले १ विकेट लिएका थिए ।

आजको खेलमा त्रिभुवन आर्मीका विनोद भण्डारी प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

जितसँगै त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमै रहँदै फाइनल प्रवेश गरेको छ ।

  himalayanvoice.com | ३० चैत्र २०८२, सोमबार १४:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online