ट्रेण्डिङ्ग:
|तेहरानलाई दबाब दिन अमेरिकी सेनाले इरानी बन्दरगाहहरू नाकाबन्दी गरेको ट्रम्पको भनाइ|आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै|माछा मार्न जाऔं : तीन वर्षभन्दा बढी समय बन्द रहेको क्यालिफोर्नियामा सालमन माछा मार्ने काम सुचारु|देउडा नाच्दै नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान र वनभोज कार्यक्रम सम्पन्न|ह्वाइट हाउसद्वारा अध्यागमन अदालतहरूमा ‘माफीको युग’ ‘समाप्त’ भएको घोषणा|नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान|‘राम नाम सत्य’ को सुखद ‘ओपनिङ’|वैशाख महिनाका लागि बैँकहरूले ब्याजदर घटाए|छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन|प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको अपराजित यात्रा जारी

नेपाल तथा भारतका २८ जना प्राज्ञहरुलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

काठमाडौँ । नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।

नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले समारोहमा नइ एकेडेमीबाट डा.स्वामी केशवानन्द, डा.मानसाग्नि, सुनीता कार्की, डा।दुबसु क्षेत्री, वसन्तकुमार चौधरी र रामचन्द्र तिमोथीलाई सम्मेलनको मानार्थ सदस्यता प्रदान गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो । त्यस अवसरमा महासमालोचक डा।त्रिपाठीले नेपाल तथा भारतका २६ जना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गर्नुभयो ।

नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनका साथै ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत योगदान दिएबापत उहाँहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ र ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरिएको हो । यी सबै पुरस्कारको राशि जनही पचास पचास हजार रुपियाँ रहेको छ ।

पुरस्कृत हुनेहरूमा प्रा.डा.ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णराज घतानी, प्रा.खेमराज जोशी (मरणोपरान्त), प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.जङ्गब चौहान, डा.टेकबहादुर छेत्री, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, डा.दैवकीदेवी तिम्सिना, प्रा.डा.पुष्प शर्मा, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, डा.राजकुमार क्षत्री, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, प्रा. शिवगोपाल रिसाल, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. हर्कबहादुर शाही र संयुक्त रूपमा डा. सञ्जय रार्ई तथा डा. अरुणा राई हुनुहुन्छ ।

समारोहमा डा. त्रिपाठीले डा. अम्बिका अर्याल र डा. त्रिभुवन बरईलाई जनही पच्चिस पच्चिस हजार रुपियाँ राशिको नइ कपिल प्रज्ञा पुरस्कार प्रदान गर्नुभयो ।

साथै ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका लागि अहोरात्र समर्पित भई ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थका साथै अन्य विविध सामग्रीहरूको प्रेस सम्पादन कार्यमा अविस्मरणीय योगदान पुर्याबापत आयुष्मान शाक्य, लवप्रसाद भण्डारी र सुमन कार्कीलाई जनही दस/दस हजार रुपियाँ राशिसहित ‘नइ सेवा पुरस्कार’ समर्पण गरिएको छ ।

कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलगायत नेपाली भाषासाहित्यमा विद्यावारिधि गरेका २४ जना प्रतिनिधि प्राध्यापक र सम्मेलनका संयोजक प्रा.डा. महादेव अवस्थी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलका उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियो ।

  himalayanvoice.com | ३० चैत्र २०८२, सोमबार १४:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online