ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वर्षासँगै तराईमा तापक्रम बढ्ने|क्यालिफोर्नियाको गभर्नरको दौडमा जेभियर बेसेरा र स्टीव हिल्टनको दौड जारी|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित

तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन सचिव अधिकारीसहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्र रहनुभएको छ ।

त्यसैगरी विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरू क्रमशः अशोक कुमार तिवारी, जयराम गडेरिया, अशोक कुमार त्रिपाठी, दुर्गाप्रसाद कुर्मी, जितेन्द्र यादव, कृष्णकुमार सिंह, फुलमन भर र ओम प्रकाश गुप्ताविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगले मृतक श्याम सुन्दर यादवकी हकवाला श्रीमती इनरावती यादव र कतबारु गोसाईकी हकवाला श्रीमती राजपति गोसाई तथा मेगा माइण्डस् आर्किटेक्स एण्ड स्ट्रक्चर प्रा. लि. का सञ्चालक सुगम कोइरालाई पनि प्रतिवादी बनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका वडा नं. ४ सिद्धनाथस्थित शीतभण्डार निर्माण योजनामा प्रचलित कानुन विपरीत सम्झौता गरी कार्य नै पूरा नगरी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७१ लाख ९७ हजार ९८० रुपियाँ बिगो कायम गरेको छ । उक्त बिगो असुलउपर गरी कैद र जरिवानाको सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २ बैशाख २०८३, बुधबार १२:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online