काठमाडौँ । सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि एवम् युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधिश प्रेम राज कार्कीको संयोजकत्वमा समिति गठन भएको हो ।
कार्की संयोजकत्वको समितिमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त म हानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको समिति गठन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप कोषमा स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने एक मिलियन बराबरको अनुदान सहायता प्राप्त गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया