ट्रेण्डिङ्ग:
|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन |मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन|विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा|सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता|पूर्व मन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश|इरानमाथि अमेरिकी नाकाबन्दीले जहाजहरूलाई कसरी घुम्न अनुमति दियो?

मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ ।  नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

चालु आवको ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले सात महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।

उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा रु १२ अर्ब २२ करोड ७६ लाख बराबरको मालवस्तु चीनतर्फबाट आयात भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यसैगरी नेपालबाट रु २० करोड ५५ लाख बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको उहाँले बताउनुभयो ।

गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात÷निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात÷निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

यहाँको कोरलास्थित मुस्ताङ भन्सार कार्यालयबाट सात महिनाको अवधिमा कोरला नाका हुँदै चीनबाट आयात गरिएका कुल दुई हजार ३४७ वटा विद्युतीय इलेक्ट्रोनिक (इभी)सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

यसैगरी, चीनबाट नेपाल भित्रिएका एक हजार ८१८ वटा मालवस्तु ढुवानी गरिएका कन्टेनरहरुको भन्सार जाँचपास भएको हो । नेपालबाट स्वदेशी उत्पादन तथा हस्तकलाका सामग्री लोड गरिएका १३७ वटा मालवाहक कन्टेनरहर मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।

कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आएपछि यहाँको मुस्ताङ कार्यालयमा आयात निर्यातको कारोबार चलायमान भएको थियो । कोरलानाका हुँदै नेपालका व्यापारिक कम्पनीहरूले चीनबाट विद्युतीय सवारीसाधनका साथै लत्ताकपडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक उपकरण आयात गर्दै आएका छन् । रासस

  himalayanvoice.com | ३ बैशाख २०८३, बिहीबार १२:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online