ट्रेण्डिङ्ग:
|‘लालीबजार’ को प्रदर्शनमा रोक|सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह|वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती|आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै|उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग|पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन

रास्वपा केन्द्रीय समिति बैठक : महामन्त्रीमा शाह मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह मनोनीत हुनुभएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीमा शाह र पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनीत गरेको हो ।

त्यसैगरी, पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बैठकले सङ्घीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनीत गरेको छ ।

बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गर्नुभएको उक्त प्रस्तावहरू केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो ।

रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।

  himalayanvoice.com | ७ बैशाख २०८३, सोमबार १५:०२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online