ट्रेण्डिङ्ग:
|आइस हिरासत निर्माण गर्ने होमल्याण्ड सेक्युरिटीको निर्णय विरुद्ध एटलान्टा नगरद्वारा मुद्धा दायर|आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना|‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’|तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट|ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड|कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्व कार्यवाहक सभापति खड्का|आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकामाथि नेपालको जित|अमेरिकी सेनाका सार्जेन्टकी श्रीमती संघीय अध्यागमन हिरासतबाट रिहा|कन्ट्र्याक्ट अफेयरको कथा|पेमा भाउजू

‘लालीबजार’ को प्रदर्शनमा रोक

काठमाडौँ । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।

चलचित्रका कतिपय शब्दमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिनुभएको थियो । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबिच संयुक्त इजलासमा दोहोरो छलफल हुने छ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुङ्गो लाग्ने छ ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार २३:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online