ट्रेण्डिङ्ग:
|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित |निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु

१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै

ललितपुर । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ । ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता व्यवस्थापनका सम्बन्धमा विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण ‘डिजिटल’ प्रणालीमा इन्ट्री गर्न बाँकी रहेका जिल्ला र क्षेत्रलाई वैशाख १६ गतेदेखि एक हप्ताको समय थप गर्ने निर्णय गरेको छ । नवीकरण शुल्क र नयाँ सदस्यताको विवरण बुझाउन बाँकी रहेका जिल्लाका लागि यो अन्तिम अवसर हुने समितिले जनाएको छ ।

यसैगरी, विदेशस्थित जनसम्पर्क समितिको हकमा अधिवेशन सम्पन्न भएका र हुन नसकेका समितिको वर्गीकरण गरी समस्या समाधान गरिने भएको छ । जनसम्पर्क समितिमार्फत सदस्यता प्रविष्टि गर्न बाँकी रहेका सदस्यका लागि पनि वैशाख १६ गतेदेखि नै एक हप्ताका लागि प्रणाली खुला गरिने निर्णय भएको छ । जनसम्पर्क समितिको हकमा अनलाइनमार्फत क्रियाशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिइने र यसको जानकारी सम्बन्धित देशको जनसम्पर्क समिति अध्यक्षलाई गराइने छ ।

नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समितिको सदस्यता र क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । विविध कारणले नवीकरण छुट भएका र केन्द्रमा निवेदन परेका सदस्यहरूको हकमा विधानअनुसार शुल्क लिई केन्द्रबाटै नवीकरण गर्ने व्यवस्था मिलाइएको छ । रिक्त रहेका वडा सभापतिको हकमा भने जिल्ला, क्षेत्र वा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार १४:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online