ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

महान्यायाधिवक्ता कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ । निरन्तर १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता डा कँडेलको सो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

  himalayanvoice.com | ९ बैशाख २०८३, बुधबार ११:५१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online