ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा संलग्न रहेको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

  himalayanvoice.com | ९ बैशाख २०८३, बुधबार ११:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online