ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

ओमानसँग नेपाल पराजित

काठमाडौँ । ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । 

काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो ।

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरेका हुन् । त्यसैगरी कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै तृतराज दासले ४८ बलमा ३१ रन बनाए । देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।

बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २र२ विकेट लिए । त्यस्तै होनैन अलिले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल बनाएको थियो । ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाएका हुन् । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।

यता नेपाल ए का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १र१ विकेट लिए । नेपाल ए र ओमानबीच अर्को खेल यही वैशाख ११ गते हुनेछ ।

यही वैशाख १२ गतेदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरूप ओमानले नेपाल ए टोलीसँग खेलेको हो ।

विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई)र ओमान सहभागी छन् ।

  himalayanvoice.com | ९ बैशाख २०८३, बुधबार ११:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online