ट्रेण्डिङ्ग:
|नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात|हिमाली र पहाडी भूभागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना|संघीय पुनरावेदन अदालतले क्यालिफोर्नियाको संघीय एजेन्टहरूले परिचयपत्र लगाउनुपर्ने कानूनलाई रोक लगायो|सैन्य पारिवारिक उदारता घट्दै जाँदा टेक्सासमा एक आर्मी सार्जेन्टकी श्रीमती आइस हिरासतमा|गीताको मृत्यु प्रकरण :मेडिकल काउन्सिलले बनायो छानबिन समिति|प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा|गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा|ओमानसँग नेपाल पराजित

प्रमुख प्रतिपक्षको भूमिका पूरा गर्छौं : सभापति थापा

मोरंग । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको छ ।

कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारका कामकारबाहीमाथि निगरानी राखिने स्पष्ट पार्नुभएको हो । थापाले जनताका अपेक्षा पूरा गर्न नकेमा सरकारमाथि प्रतिपक्षले दबाब सिर्जना गर्ने उल्लेख गर्दै कांग्रेस सक्रिय भूमिकामा देखिने बताउनुभएको हो ।

निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुन: संगठित हुँदै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै थापाले कांग्रेस अझ सशक्त रूपमा प्रस्तुत हुने दाबी गर्नुभएको छ । कार्यक्रममा पार्टीको ‘जरा अभियान’बारे चर्चा गर्दै उहाँले पार्टीभित्रैबाट सक्रिय सहभागिता बढाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  himalayanvoice.com | ९ बैशाख २०८३, बुधबार ११:५९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online