ट्रेण्डिङ्ग:
|अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा|दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी|कांग्रेस संसदीय दलको नेता: निर्वाचन कार्यक्रम स्थगित|श्रीकृष्ण विक घटना: शव काठमाडौँ लगियो|राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ|वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह|पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय|संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

इलाम गोल्डकप: रोलिङ क्लब धुलाबारी झापालाई पराजित गर्दै एनआरटी फाइनलमा 

इलाम ।  डिफेन्डिङ च्याम्पियन न्युरोड टीम (एनआरटी) इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको  छ। रोलिङ क्लब धुलाबारी झापालाई टाइब्रेकरमा  ४–३  गोलले पराजित गर्दै एनआर्टी उपाधि होडमा पुगेको हो । 

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।  एनआरटीका विज्ञान खड्काले खेलको पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरे । रोलिङ क्लबका लागि खेलको ८१ औँ मिनेटमा फागुराम चौधरीले १ गोल गरी खेल बराबरी बनाए ।  पहिलो हाफ एनआटीले दबाबमा राखे पनि दोस्रो हाफमा खेल प्रतिस्पर्धात्मक बन्यो ।  रोलिङले पटक पटक अवसर सदुपयोग गर्न सकेन ।

आजको प्लेयर अफ द म्याच एनाआरटीका विशाल सुनुवार बने । उनले नगद ८ हजार एकसय सहित ट्रफी प्राप्त गरे । बुधबार सम्पन्न खेलबाट मच्छिन्द्र फुटबल क्लब काठमाडौँ उपाधि होडमा पुगिसकेको छ ।

रेडहर्स फुटबल क्लबको आयोजनामा इलामस्थित ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् ।

  himalayanvoice.com | १० बैशाख २०८३, बिहीबार १२:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online