ट्रेण्डिङ्ग:
|अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा|दुई खेलको एक दिवसीय सिरिजमा ओमानसँग नेपाल ‘ए’ को बराबरी|कांग्रेस संसदीय दलको नेता: निर्वाचन कार्यक्रम स्थगित|श्रीकृष्ण विक घटना: शव काठमाडौँ लगियो|राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ|वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह|पश्चिम एसियाको द्वन्द्वपछि ३० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय|संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका वास्तविक सुकुम्वासीहरूको यथार्थ पहिचान गरेर उनीहरूलाई यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने बताउनुभएको छ ।

केहीबेरअघि आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुम्वासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको पनि स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले नदी किनारमा बसोबास गरिरहेकाहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका गर्न पनि उनीहरूलाई स्थायी रूपमा अन्यत्रै स्थानान्तरण आवश्यक रहेको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति छ । उनीहरूलाई जोखिमरहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो ।”

प्रधानमन्त्री शाहले काठमाडौँको थापाथलीलगायतका बस्तीलाई मानवीयताको ख्याल गरेर बल प्रयोग नगरी सुरक्षित तवरबाट स्थानान्तरण र त्यसपछि व्यवस्थापन गर्न लागिएको पनि जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री शाहले आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा पनि सुकुम्वासी समस्या समाधान गर्ने विषय समेटिएको स्मरण गर्दै झापामा उम्मेदवार हुँदा गरेको वाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको १०० वटा गर्नैपर्ने काममा पनि सुकुम्वासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय रहेको आफूले नबिर्सिएको बताउनुभयो ।

  himalayanvoice.com | ११ बैशाख २०८३, शुक्रबार १२:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online