ट्रेण्डिङ्ग:
|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित 

देशका विभिन्न क्षेत्रमा वर्षा : सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा आज वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ ।

आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ ।

भोलि पनि बदली कायम रहने तर बिस्तारै कम हुँदै जाने बताइएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार १४:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online