ट्रेण्डिङ्ग:

मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’

काठमाडौँ। दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने दाइजो प्रथा, बालविवाहको चुनौतीलाई चिर्न कलामार्फत जागरण फैलाउन सकिने सन्देश उक्त प्रदर्शनीले दिन्छ । 

माइती नेपाल र ग्यालरी १०८ सँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा १५ कलाकारका १५ वटा कलाकृति समावेश छन् । बालविवाह र दाइजो प्रथालाई निरन्तरता दिँदै जाँदा  किशोरीले आफ्नो शिक्षा पूरा गर्ने अवसर गुमाउने उनीहरूमाथि आर्थिक, सामाजिक सबै प्रकारको हिंसा हुने कुरा कलाले उजागर गरेको छ ।

समाजमा व्याप्त सो कुरीतिलाई परम्पराका रूपमा मान्दा महिला र पुरुषबिचको असमानता जारी नै रहने र  बालविवाहले किशोरीको स्वास्थ्यमा असर पर्ने, मातृशिशु मृत्यु दर बढ्ने र समानताको नारा वा लक्ष्य पूरा हुन बाधा पु¥याउनेलगायतका सन्देश दिएको छ । प्रदर्शनी बिहीबारसम्म चल्ने छ ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार १४:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online