ट्रेण्डिङ्ग:
|क्याल भिसिबीले क्यालिफोर्नियाभरि यौन दुर्व्यवहार पीडितहरूलाई आर्थिक सहयोग प्राप्त गर्न मद्धत गर्दछ|बार्सिलोनामा गित, संगीत, नृत्य र सांस्कृतिक प्रदर्शनी सहित नेपाल प्रवर्द्धन कार्यक्रम सम्पन्न|हैटी र सिरियाका आप्रवासीहरूको सुरक्षा अन्त्य गर्न ट्रम्प प्रशासनले दिएको दबाब बारे सर्वोच्च अदालतले विचार गर्दै|लुटपाटको डरले पसलहरू बन्द हुँदा अवैध आप्रवासनको विरोधमा जोहानेसबर्गमा प्रदर्शन|मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’|अलौकिक चमत्कार|‘लाली बजार’ को प्रदर्शन रोक्ने आदेशविरुद्ध चलचित्रकर्मी सडकमा|१५ औँ महाधिवेशनका लागि कांग्रेसको सक्रियता : सदस्यता नवीकरण र वर्गीकरण हुँदै|अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह|आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पराजित 

अलौकिक चमत्कार

-राजु महत

मौन भए पनि बोलिरहे जस्तो

अव्यक्त मनका भावना खोलिरहे जस्तो

मनमोहक ‘गौरीशङ्कर’ प्रति

कृतज्ञ भावमा श्रद्धा प्रकट गरेर

सत्यम्, शिवम्, सुन्दरम् गाए जस्तो

थुम्का थुम्काको सँगालो

सयौँ लुङको सुन्दर शैलुङ

स्वर्गको आभास बोकेको

अलौकिक चमत्कार जस्तो ।

परिशुद्ध आत्माले नैसर्गिक

श्रद्धा बोके जस्तो

विनम्रताले अहङ्कार त्यागेर

ज्ञानको ढोका खोले जस्तो

भूत, वर्तमान र भविष्य

सधैँ एक भए जस्तो

न लोभ छ ?

न लाभ छ ?

न विलाप नै गर्छ ?

ईश्वरीय भाव बोकेर

प्रतिक्षण आनन्दित

बोधीसत्व भेटे जस्तो

थुम्का थुम्काको सँगालो

सयौँ लुङको सुन्दर शैलुङ

स्वर्गको आभास बोकेको

अलौकिक चमत्कार जस्तो ।

टुङुना र डम्फुको तालमा

गुम्बामा माने घुमाउँदै

च्याङ्वा र मैँच्याङले

तमाङ सेलोमा पिरती गाए जस्तो

चौँरी डुलाउँदै

मायाको गुराँस चुल्ठोमा सजाएर

‘गौरीशङ्कर’ जोडी बाँधे जस्तो

न आस छ ? न त्रास छ ?

आत्मनिरीक्षणमा मुग्ध छ !

समभावमा प्रफुल्ल छ !

स्वर्गानुभूतिमा ध्यानावस्थित भए जस्तो

थुम्का थुम्काको सँगालो

सयौँ लुङको सुन्दर शैलुङ

स्वर्गको आभास बोकेको

अलौकिक चमत्कार जस्तो ।

  himalayanvoice.com | १६ बैशाख २०८३, बुधबार १४:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online