ट्रेण्डिङ्ग:
|भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान|पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’|जाँचपास नहुँदा वीरगन्ज भन्सारमा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए|क्यालिफोर्नियामा आइसद्वारा गोली हानी मारिएका एक व्यक्तिले संघीय आरोपहरूमा दोषी नभएको स्वीकार|जर्जियाको आइस हिरासतमा एक व्यक्तिको मृत्यु, कारण अनुसन्धान हुदै|आप्रवासी पक्राउपछि न्युयोर्कमा आइस विरोधी भीड र संघीय एजेन्टहरूको हिंसात्मक भिडन्त|पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा|तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे भएको उक्त भेटवार्तामा उहाँहरूबिच नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झण्डै २० मिनेट चलेको उक्त शिष्टाचार भेटमा विशेष गरी नेपाल र अमेरिकाबिचको आर्थिक साझेदारी, विकास सहायता र आपसी हितका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपालको आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप लगानी तथा सहयोगका क्षेत्रबारे समेत संक्षिप्त विमर्श भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर हाल नेपाल भ्रमणमा रहनुभएको छ । उहाँ बिहीबार राति नेपाल आइपुग्नु भएको हो ।

  himalayanvoice.com | १८ बैशाख २०८३, शुक्रबार १२:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online