ट्रेण्डिङ्ग:
|भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान|पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’|जाँचपास नहुँदा वीरगन्ज भन्सारमा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए|क्यालिफोर्नियामा आइसद्वारा गोली हानी मारिएका एक व्यक्तिले संघीय आरोपहरूमा दोषी नभएको स्वीकार|जर्जियाको आइस हिरासतमा एक व्यक्तिको मृत्यु, कारण अनुसन्धान हुदै|आप्रवासी पक्राउपछि न्युयोर्कमा आइस विरोधी भीड र संघीय एजेन्टहरूको हिंसात्मक भिडन्त|पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा|तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ५६ पैसा र बिक्रीदर १५२ रुपियाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७८ रुपियाँ ३५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपियाँ ७५ पैसा र बिक्रीदर २०६ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपियाँ ८५ पैसा र बिक्रीदर १९४ रुपियाँ ६२ पैसा कायम गरिएको छ ।

अस्ट्रलियन डलर एकको खरिददर १०९ रुपियाँ २१ पैसा र बिक्रीदर १०९ रुपियाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ५४ पैसा र बिक्रीदर १११ रुपियाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ र बिक्रीदर ११९ रुपियाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६५ पैसा र बिक्रीदर नौ रुपियाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ २० पैसा र बिक्रीदर २२ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४१ पैसा र बिक्रीदर ४० रुपियाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ५९ पैसा र बिक्रीदर ४१ रुपियाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ २६ पैसा र बिक्रीदर ४१ रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ३० पैसा र बिक्रीदर १० रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४५ पैसा र बिक्रीदर १६ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ७७ पैसा र बिक्रीदर २३ रुपियाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्रीदर १९ रुपियाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ०८ पैसा र बिक्रीदर ४९६ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपियाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपियाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३९५ रुपियाँ २० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  himalayanvoice.com | २२ बैशाख २०८३, मंगलवार ०१:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online