ट्रेण्डिङ्ग:

पोर्चुगलमा मनाइयो २५७०औँ बुद्ध जयन्ती

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा मनाइएको छ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो।

लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुद्वारा बुद्धको विशेष पूजा–आराधना गरिएको थियो भने सहभागीहरुलाई सामूहिक रुपमा ध्यान गराइएको थियो। यस्तै बौद्ध धर्मगुरु फुरी शेर्पाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशलगायत विषयमा प्रवचन दिएका थिए।

सो अवसरमा बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले मानवजातिका लागि बुद्धका ज्ञान र शिक्षाहरु अमूल्य रहेको बताए। उनले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई व्यावहारिक जीवनमा अनुसरण गर्दै सत्कर्मको मार्गमा लाग्नुपर्नेमा जोड दिए।

विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशहरू फैलाउने तथा बुद्धको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महासंघका अध्यक्ष चोपकुमार रानामगरले बताए। उनले बुद्ध जयन्तीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद समेत व्यक्त गरे।

  himalayanvoice.com | २० बैशाख २०८३, आईतवार ००:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online