ट्रेण्डिङ्ग:
|भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान|पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’|जाँचपास नहुँदा वीरगन्ज भन्सारमा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए|क्यालिफोर्नियामा आइसद्वारा गोली हानी मारिएका एक व्यक्तिले संघीय आरोपहरूमा दोषी नभएको स्वीकार|जर्जियाको आइस हिरासतमा एक व्यक्तिको मृत्यु, कारण अनुसन्धान हुदै|आप्रवासी पक्राउपछि न्युयोर्कमा आइस विरोधी भीड र संघीय एजेन्टहरूको हिंसात्मक भिडन्त|पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा|तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहेका व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको हो ।

“अनुसन्धान अधिकारीले धरौटी वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राख्ने गरी भएको मिति २०८३÷१÷११ र २०८३÷१र२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुनेछ”, आदेशमा भनिएको छ, “अब धितोपत्रसम्बन्धी कसुरका हकमा यी निवेदकसँग धरौटी वा जमानत माग गरी उल्लिखित दफा १०४ को कानुनी व्यवस्थाअनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न परमादेश जारी गरिएको छ ।”

व्यवसायी गोल्छालाई यही वैशाख ११ पक्राउ गरिएको थियो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उहाँलाई पक्राउ गरेको थियो ।

  himalayanvoice.com | २१ बैशाख २०८३, सोमबार १२:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online