ट्रेण्डिङ्ग:
|भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान|पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला|यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर|प्रधानमन्त्री बालेन्द्र शाह फेसबुकमा लेख्छन, ‘विद्यार्थी र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने’|जाँचपास नहुँदा वीरगन्ज भन्सारमा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए|क्यालिफोर्नियामा आइसद्वारा गोली हानी मारिएका एक व्यक्तिले संघीय आरोपहरूमा दोषी नभएको स्वीकार|जर्जियाको आइस हिरासतमा एक व्यक्तिको मृत्यु, कारण अनुसन्धान हुदै|आप्रवासी पक्राउपछि न्युयोर्कमा आइस विरोधी भीड र संघीय एजेन्टहरूको हिंसात्मक भिडन्त|पाण्डेयको कथा संग्रह ‘किनार’ बजारमा|तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ ।

आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी बिस्तारका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । मन्त्री वाग्लेले मन्त्रिपरिषद्‌मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिनुभयो ।

करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उहाँले बताउनुभयो । “सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई विस्तार गर्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकारको खर्च जिडिपीको करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ ।

“आर्थिक प्रगतिमा बाधक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको छ,” मन्त्री वाग्लेले भन्नुभयो, “त्यसैगरी, राजस्व प्रशासन सुधार गर्दै कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने छ ।”

मन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नीतिहरू अघि बढाउने बताउनुभयो ।

निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उहाँले स्पष्ट पार्नुभयो ।

  himalayanvoice.com | २१ बैशाख २०८३, सोमबार १२:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online