ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको उक्त कार्यालयले  यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल  ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा  परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था  छ ।

गत वर्ष नियमित र स्तर वृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । रासस

  himalayanvoice.com | २७ बैशाख २०८३, आईतवार १३:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online