ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

काँग्रेसको संस्थापन पक्ष प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारीमा

काठमाडौं । आन्तरिक विवादमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संस्थापन पक्ष प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारीमा जुटेको छ ।

यसै क्रममा मंगलबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका छन् ।

सहमहामन्त्री राणाका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा भएको प्रारम्भिक छलफल सकिएको छ।

विभिन्न छ वटा प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य रहेको र विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेका छन्।

यद्यपि अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिसकेका छैनन्।

  himalayanvoice.com | २९ बैशाख २०८३, मंगलवार ११:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online