ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

चलचित्र ‘टिका’ शुभ मुहूर्त सम्पन्न

काठमाडौँ । भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्स को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘टिका’को शुभ मुहूर्त सम्पन्न भएको छ । 

पाटनस्थित बगलामुखी मन्दिरमा आज आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरियो । तीजको अवसरमा आगामी भदौ २६ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो चलचित्र यसै साताबाट फ्लोरमा जाँदैछ ।

कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद खेप्नुपरेको महिलाको गम्भीर कथामा चलचित्र बन्न लागेको बताउनुभयो । पछिल्लो ब्लकवस्टर‘जेरी अन टप’ निर्माता समेत रहनुभएकी खड्काले उक्त फिल्मबाट प्राप्त अनुभव, भोगाइ र सिकाइले ‘टिका’ निर्माणमा जुटेको बताउनुभयो । खड्का दशौँ रिलिज तोकिएको चलचित्र ‘बाटुलो जुन’को समेत निर्माता हुनुहुन्छ ।

शङ्कर कार्कीको निर्देशनमा बन्ने ‘टिका’लाई निर्माण टिमले महिला प्रधान चलचित्र भनेको छ । यो चलचित्रमा प्रियङ्का कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकाल प्रमुख अभिनयमा हुनुहन्छ । कार्यकारी निर्माता तेजविक्रम केसी हुनुहन्छ।

पारिवारिक समस्याका कारण मुहूर्त कार्यक्रममा निर्देशक शङ्कर कार्की भने उपस्थित हुनुभएन । चलचित्रको कथा शङ्कर कार्की र चन्दन झा ले तयार गर्नुभयो हो भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा)को रहेको छ । चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को सङ्गीत रहनेछ । नरेन्द्र मैनाली सिनेमाटोग्राफर छन् ।

कार्यक्रममा कलाकारहरूले चलचित्रको विषयवस्तु, टिमको ऊर्जा र आफ्नो भूमिकाबारे धारणा राख्नुभयो। अभिनेत्री द्वय प्रियङ्का कार्की र वर्षा सिवाकोटीले यो चलचित्र आफूहरूको करियरकै एक विशेष चलचित्र रहेको बताउनुभयो ।

मेरो जीवनको लागि यो चलचित्र, यो यात्रा र मेरो पात्र सबै विशेष छ, जुन विषयवस्तुमा कथा तयार गरेर यो चलचित्र बन्दैछ सायद आजसम्म प्रस्तुत नगरिएको र नदेखाइएको कथा हो, एकदमै उत्साहित छु, प्रियंकाले भनिन् । अभिनेत्री सिवाकोटीले जेरी अन टप निर्मात्री खड्का, सहकर्मी द्वय प्रियङ्का र महेश त्रिपाठीसँगको सहकार्य सौहार्द र उपलब्धि प्रधान बन्ने विश्वास व्यक्त गरिन् । यो चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्दैछन् ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ११:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online