ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पारित गरेको छ । छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिनेरनलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णययार्थ रूपमा प्रस्ताव प्रस्तुत गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदानमा भाग नलिने जनाएको थियो भने अन्य दलका सदस्यको ध्वनि मतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमार्फत नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ११:५०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online