ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

रातो पहिरो कारण तामाकोशीका दुई सयभन्दा बढी घरधुरी जोखिममा 

दोलखा । बर्खा महिना सुरु हुन लागेपछि दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुले सिमवारीका बासिन्दाको चिन्ता बढ्न थालेको छ । 

घर छेउको रातो पहिरोले सिमवारीका स्थानीय बर्खा लागेपछि निदाउन छोडेको निक्कै बर्ष भइसकेको वडा नम्बर–२ का वडा अध्यक्ष ईश्वर राज कार्की बताउनुहुन्छ ।

रातो पहिरो निक्कै भयङ्कर छ । पहिरो नजिकै रहेको सिमवारीको सात घरधुरी तत्काल सार्नुपर्ने निष्कर्ष भूगर्भविद्ले सुनाएको बर्ष दिन बितिसक्दा पनि उपयुक्त विकल्प दिन नसक्दा उनीहरू जोखिम मोलेरै बस्न बाध्य भएको वडा अध्यक्ष काकीले बताउनुभयो ।

तामाकोशी गाउँपालिकाको पहलमा राष्ट्रिय विपद् प्राधिकरणले गरेको अध्ययनको क्रममा भूर्गभविद्हरुले सिमवारीको सात घरधुरी तत्काल सार्नुपर्ने सुझाव दिएको थियो ।

हिउँदमा रातो पहिरो छिचोल्दै दोलखाको गैरीमुदी, हावा, च्यामा लगायतका गाउँहरूमा सवारी साधन दौडने गर्छ, स्थानीय समाजसेवी भवेन्द्र कार्कीले भने– तर बर्खा लागेपछि भने रातो पहिरो क्षेत्रमा पानी उम्रने र खोला बढ्ने भएकोले मानिस समेत हिँड्न नसक्ने अवस्था बन्छ ।

पहिरो छिचोल्दै गैरीमुदी, हावा, च्यामा लगायतका मानिसहरू झुले स्वास्थ्य चौकी पुग्नु पर्ने र विद्यार्थीहरू अम्मर उच्च मावि तथा जनप्रभात माविमा अध्ययनको लागि जानुपर्ने भएकोले बर्खा महिनामा निक्कै जोखिम हुने गरेको स्थानीय बताउँछन् । पहिरो छिचोल्दै स्वास्थ्य चौकी र विद्यालय जानुको विकल्प समेत नभएको स्थानीयको भनाई छ ।

झण्डै ७÷८ वर्षदेखि सुरु भएको रातो पहिरो निक्कै ठूलो भएकोले वडा तथा गाउँपालिकाको बजेटले नियन्त्रण सम्भव नहुने वडा अध्यक्ष कार्की बताउँछन् । वडा वा पालिकाले बर्खा महिनामा सामान्य पहिरो नियन्त्रण गरेर मानिसलाई आवतजावत गर्न सजिलो बनाउने बाहेक अरू केही गर्न नसक्ने वडा अध्यक्ष कार्कीको भनाई छ ।

गत बर्ष जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले समेत पहिरोको जोखिम आँकलन गर्दै आसपासको बस्ती तत्काल सार्न सुझाव दिएको स्थानीयको भनाई छ । तर पहिरो नियन्त्रण र विकल्पको बारेमा कतैबाट पनि सहयोग नभएको स्थानीय गुनासो गर्छन् ।

पहिरो बढ्दै गएपछि सिमवारीको सात घरधुरी मात्र नभै सेता पहरा, मुलपानी लगायतको वस्ति समेत जोखिममा परेको वडा अध्यक्ष कार्की बताउँछन् । रातो पहिरोले अहिले वडा नम्बर–२ को दुई सय बढी घरधुरी जोखिममा पर्ने अवस्था बनेको उहाँले बताउनुभयो ।

तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसी पहिरो नियन्त्रणको लागि पालिकाको बजेटले मात्र सम्भव नभएकोले राष्ट्रिय योजना आयोगलगायत संघीय सरकार र प्रदेश सरकारको सरोकारवाला निकायलाई पहिरो नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको बताउँछन् ।

हामीले बर्खा महिनामा सामान्य पहिरो नियन्त्रणको काम गर्ने बाहेक अरू केही गर्नसक्ने अवस्था छैन पालिका प्रमुख केसीले भन्नुभयो, “प्रदेश तथा संघीय सरकारलाई पहिरोको बारेमा जानकारी गराइएकोले बर्खा अघि नै केही सहयोग हुन्छ की भन्ने अपेक्षा गरेका छौँ ।”

  himalayanvoice.com | ३ जेष्ठ २०८३, आईतवार ०९:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online