ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

भिजिट भिसामा मानव तस्करी गर्दै आएका ट्राभल एजेन्ट थापा विरुद्ध अखितायरद्वारा मुद्धा दायर

काठमाडौँ । डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वादी नेपाल सरकार प्रतिवादी तिर्थराज भट्टराईसमेत भएको घुस लिइ भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरको मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएका दिपक थापाले प्रतिकुल हुने गरी बकपत्र गरेको खुल्न आएको छ ।

आयोगका अनुसार थापाले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ्ग गर्ने गरेको, सो सेटिङ्ग गर्दा एयरपोर्ट अध्यागमनमा यात्रु विदेश प्रस्थान हुनु केही अगाडि नाम टिपाउने, होटल बुकिङ्कको कागजात, डलर सटहीका कामहरु आफ्नै कम्पनीबाट गर्ने गरेको व्यहोरा खुल्न आएसँगै निजले बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा मानिस विदेश पठाउने गरेको पुष्टि भएको हो ।

थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम ३० लाख २० हजार रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  himalayanvoice.com | ५ जेष्ठ २०८३, मंगलवार १०:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online