ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

पाँचथरको याङवरकमा बाढी–पहिरोले चार पुल र दुई घरमा क्षति

फिदिम। अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठुलो क्षति पुगेको छ । यस क्षेत्रमा शुक्रबार साँझ भारी वर्षा भएको थियो । वर्षापछि आसपासका खोला–नालामा आएको बाढी र पहिरोले सडक, पुल–पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्‍याएको हो ।

दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ । पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको बताइएको छ ।

बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । यस्तै माथिबाट खसेको पहिरोले याङवरक–३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा दुईवटा घर बगाएको छ ।

स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ । प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ ।

बाढीले याङवरक–१, २ र ३ का विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पुर्‍याएको छ । उता, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ ।

यसैबीच, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट पाँचथरतर्फ जोडिने मोटरेबल पुलमा समेत वर्षाका कारण क्षति पुगेको बताइएको छ । यसैगरी खेतीयोग्य जमिन र अलैँची खेतीमा पनि क्षति पुगेको छ । क्षतिको यकिन विवरण सङ्कलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

  himalayanvoice.com | ८ जेष्ठ २०८३, शुक्रबार २३:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online