ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौँ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अङ्कले ओरालो लागेर ४७४ दशमलव २९ मा सीमित भएको छ ।

कारोबार भएकामध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको भने घटेको छ । यस्तै, ११ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

कुल तीन सय ४० कम्पनीको एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर रु चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, साहस ऊर्जा, ङ्यादी ग्रुप पावर र अपि पावर कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ ।

दिनभरको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडियाका शेयरधनीले कमाएका छन् ।

यसैगरी, सुपर खुदी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैङ्क, आत्मनिर्भर लघुवित्त, एनआइसी एसिया बैङ्क, सालपा विकास बैङ्कका लगानीकर्ताले भने गुमाएका छन् ।

  himalayanvoice.com | १२ जेष्ठ २०८३, मंगलवार १०:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online