ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

चलचित्र विधेयक २०८२ प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पर्याप्त छलफल गरेर विधेयकलाई बलियो र समयसापेक्ष बनाएर अगाडी बढ्न सकिने बताए ।

उहाँले यस अघिको सरकारले ल्याएको र राष्ट्रिय सभामा उत्पत्ति भएकाले चलचित्र विधेयकमा अहिलेको सरकारले कुनै पनि विषय समावेश नगरेको र विधेयकमाथिको छलफलमा उठेका विषयमा ध्यानाकर्षण भएको बताए ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले चलचित्र क्षेत्र र कलाकारले भोग्नु परिरहेका समस्या समाधान गर्ने विषयमा विधेयकले ध्यान दिनुपर्नेमा मन्त्री तिम्सिनाले जोड दिए ।

सांसदहरुले समावेशी फिल्म निर्माणमा ध्यान दिनुपर्ने, चलचित्र जाँचबुझ आयोग प्रभावकारी बनाइनुपर्ने, कलाकारको योगदानलाई सम्मान गर्ने गरी कानुन निर्माण हुनुपर्ने बताए ।

बैठकमा सभामुख अर्यालले विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरुले संघीय संसद् सचिवालयको विधेयक शाखामा गएर संशोधन राख्न सक्ने जानकारी गराए ।

  himalayanvoice.com | १३ जेष्ठ २०८३, बुधबार १२:१३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online