ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत हुने नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो ।

नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो । यसैगरी प्रतिनिधिसभाको बैठक भने जेठ १५ गते शुक्रबार बेलुकी ५ः३० बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभयो ।

  himalayanvoice.com | १४ जेष्ठ २०८३, बिहीबार १०:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online