ट्रेण्डिङ्ग:

कल्पना पौडेल ‘जिज्ञासु’ को ‘अग्निस्पन्दन’ कविता संग्रह सार्वजनिक

नेपालगन्ज । कल्पना फाउन्डेसन नेपालको आयोजनामा यहाँ आयोजित एक विशेष समारोहमा साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ को सातौँ कृति कविता संग्रह “अग्निस्पन्दन” को विमोचन तथा “विवस आमा” नामक गीत सार्वजनिक गरिएको छ।

फाउन्डेसनकी अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद धिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, पूर्वप्राज्ञ हरिप्रसाद तिमिल्सिना र नरेन्द्रजंग पिटर लगायतले संयुक्त रूपमा कविता संग्रहको विमोचन र गीतको लोकार्पण गरेका थिए ।

साहित्यकार पौडेलको सातौँ साहित्यिक कृतिका रूपमा बजारमा आएको ‘अग्निस्पन्दन’ कविता संग्रहभित्र ५२ वटा कविताहरू समेटिएका छन्। संग्रहभित्रका अधिकांश कविताहरूमा नारीवाद र प्रगतिशील चेत मुखरित भएको उल्लेख गर्दै समीक्षकहरूले समाजमा व्याप्त अन्धविश्वास, रूढिवादी चिन्तन, अन्याय, अत्याचार, शोषण, दमन र नारी हिंसाविरुद्ध खरो आवाज उठाइएको चर्चा गरे ।

सोही अवसरमा सार्वजनिक गरिएको ‘विवस आमा’ गीतमा पौडेलको शब्द रचना र रियाज शिवाकोटीको संगीत रहेको छ भने चर्चित गायिका बेनिसा पौडेलले स्वर दिनुभएको छ। राजीव शाह स्टुडियो र रियाज रेकर्डिङ सेन्टरले सो गीत उत्पादन गरी बजारमा ल्याएका हुन्।

आमाको विवशतालाई मुख्य विषय बनाएर तयार पारिएको सो गीत कार्यक्रममा प्रसारण गरिँदा यसका कारुणिक शब्दहरूले उपस्थित सबैलाई भावुक बनाएको थियो। बेरोजगारी र गरिबीका कारण आफ्ना साना सन्तानलाई घरमै छाडेर विदेशिन बाध्य भएका सयौँ नेपाली आमाहरूको मर्मलाई शब्दमा समेटेर गीतको माध्यमबाट बाहिर ल्याएको साहित्यकार पौडेलले बताए ।

कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटा, सचिव लेखप्रसाद प्याकुरेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

  himalayanvoice.com | १६ जेष्ठ २०८३, शनिबार ११:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online