ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

दैलेखमा जिप दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च. ४९६४ नम्बरको जिप भैरवी गाउँपालिका–५, कालगौँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनामा कालीकोटको शुभकालिका गाउँपालिका–५ का ३५ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ की ५५ वर्षीया पुल्तीसरा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा शुभकालिका गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय चक्र सुनार, २६ वर्षीय सुमत विक, ४० वर्षीय नैन सुनार, शुभकालिका गाउँपालिका–६ का २० वर्षीय भरत विक तथा शुभकालिका गाउँपालिका–५ का २५ वर्षीय कलम सुनार गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको दुर्घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको थियो । तर अवस्था गम्भिर भएकाले थप उपचारका २६ वर्षीय सुमत विक र ४० वर्षीय नैन सुनारलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

३८ वर्षीय चक्र सुनार, २० वर्षीय भरत विक र कलम वर्ष २५ को जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रमुख श्रवणकुमार विकको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | १८ जेष्ठ २०८३, सोमबार ०९:४२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online