ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनल खेलका लागि एघार खेलाडीका नाम सार्वजनिक

भारत । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

गोवाको पण्डित जवाहरलाल नेहरू स्टेडियममा केही समयपछि हुने उक्त खेलको लागि आज नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरेका छन् । मुख्य प्रशिक्षक न्यौपानेले कप्तान अञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा सुरुआती ११ खेलाडी मैदानमा उतारेका छन् ।

नेपालको सुरुआती टोलीमा कप्तान सुब्बासँगै पूजा राना, विमला विक, रेनुका नगरकोटी, सरु लिम्बू, गीता राना, रेखा पौडेल, प्रीति राई, रश्मीकुमारी घिसिङ, अनिता लाम्जेल र दीपा शाही रहेका छन् । बङ्गलादेशविरुद्धको खेलमा प्रशिक्षक न्यौपानेले आज चार खेलाडी परिवर्तन गरेका छन् । जसमा एन्जिला तुम्बापो सुब्बा, पूजा राना, प्रीति राई र अनिता लम्जेल रहेका छन् । उनीहरूले श्रीलङ्कासँग खेलेका थिएनन् ।

बङ्गलादेशले पनि कप्तान मारिया मन्डासहित ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । कप्तान मारियासहित माइले अख्तर, शाम्सुन्नाहर, अफेदा खन्दाकर, कोहाती किस्कु, मस्त मोमिता खातुन, अनिका रानिया सिद्दिकी, उमेहा मरमा, साउरा अखन्दर प्रिटी, मस्त सुरोभी अख्तर अरफिन र रितु पोर्ना चक्मालाई सुरुआती टोलीमा समावेश गरेको हो ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाल घरेलु समर्थकको उत्साहसँगै फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने यता बङ्गलादेश पनि लगातार सफलताको लय कायम राख्न चाहन्छ ।

यसअघि पटक पटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित हुँदै आएको नेपालले बङ्गलादेशलाई हराउर्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

नेपालले समूह चरणको खेलमा श्रीलङ्का र भुटानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यता बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

नेपाल र बङ्गलादेशबीचको खेल स्थानीय समयअनुसार ४ः०० सुरु भएको छ ।

  himalayanvoice.com | २१ जेष्ठ २०८३, बिहीबार १२:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online