ट्रेण्डिङ्ग:
|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने|बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना|सम्पत्ति छानबिन आयोग: ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा

फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने भएको छ ।

शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बेहोर्दै समूह बी को उपविजेता बनेको ओमानले आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालको सामना गर्नेछ । ओमान र नेपालबीचको सेमिफाइनल खेल आइतबार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो ।

समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो । नेपाल र ओमान तथा दोस्रो सेमिफाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनोट भइसकेका छन् ।

एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनोट भइसकेका छन् ।

  himalayanvoice.com | २२ जेष्ठ २०८३, शुक्रबार ०९:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online