ट्रेण्डिङ्ग:
|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|आजदेखि देशभर आर्थिक गणना हुँदै|सरकारले एनआरएनका लागि वार्षिक एक खर्बको ‘डायस्पोरा बन्ड’ जारी गर्दै|नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो|राष्ट्रपति ट्रम्पले परिणाम जे भए पनि विजयको घोषणा गर्छन्, र इरान युद्ध यसको पछिल्लो उदाहरण हो|क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगरियोस् : सभापति थापा|फुटसल कपको उपाधि बैंकर्स क्लबलाई|कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु|टोखामा सपनतीर्थ मेला, भक्तजनको घुइँचो|सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

रसुवाको बाढी धादिङ प्रवेश, सतर्क रहन आग्रह

धादिङ । भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ । बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । त्रिशुली नदीमा आएको भीषण बाढी हेर्नका लागि स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसेर हेरिरहेका छन् भने गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा बाढी कुरिरहेका छन् । बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पु¥याएको जानकारी गराउनु भएको छ । चीनतर्फबाट आएको बाढीले ठूलो क्षति पुगेको, मितेरी पुल बगाएको र ड्राइपोर्टमा रहेका ईभी पनि बगाएको प्रजिअ पौडेलले जानकारी गराउनु भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको पौडेलले जानकारी दिनुभयो । नुवाकोटमा त्रिशुली खोलामा आएको बाढीका कारण दाउरा खोज्न गएका किस्पाङ गाउँपालिका वडा नम्बर ४ का मंगली तामाङ र पाल्तेन तामाङलाई नेपाली सेनाको हेलिकप्टेरले उद्दार गरेको छ । बाढीबाट जिल्लामा क्षति नपुगोस् उच्च सुरक्षता सतकर्ता अपनाइएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।

  himalayanvoice.com | २४ असार २०८२, मंगलवार १३:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online