ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

पूर्व निर्वाचन आयुक्त शर्माको निधन

काठमाडौँ । पूर्व  पत्रकार एवं निर्वाचन आयुक्त  इला शर्माको हृदयाघातका कारण निधन भएको छ। उहाँ ५९ वर्षको हुनुहुन्थ्यो । 

अस्पताल स्रोतका अनुसार  शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हाे ।

उहाँ विं.सं. २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त हुनुभएको थियो । त्यसअघि उहाँ गोरखापत्र संस्थानबाट प्रकाशित दि राइजिङ नेपालमा १३ वर्ष कार्य गर्नुभएको थियो ।

उहाँको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिनुभयो। उहाँको दाहसंस्कार भोलि गरिनेछ।

उहाँका दुई छोरी हुनुहुन्छ  ।

  himalayanvoice.com | २९ असार २०८२, आईतवार ०२:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online