ट्रेण्डिङ्ग:
|एम्नेस्टी इन्टरनेशनल र अधिकार समूहहरूद्वारा अमेरिकाको लागि विश्वकप यात्रा सल्लाह जारी|कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै|नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान|बेलायत र फ्रान्सेली सरकारद्वारा इङ्लिस च्यानल हुँदै आप्रवासी क्रसिङ रोक्न ३ वर्षे सम्झौतामा हस्ताक्षर|डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ‘नेपाल–बेलायत लेखक सङ्घ’ गठन |कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता|प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा र प्रादेशिक पुरस्कार घोषणा|प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने सरकारको निर्णय

रसुवागढी क्षेत्रको बाढी : बेपत्ता चीनिया सहित सबैकाे पहिचान खुल्यो

रसुवा, असार २४ गते । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक र अन्य श्रमिक तथा यात्रुहरू रहेका छन्।

यसैबिच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको जानकारी पनि डिएसपी थापाले दिनुभएको छ। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने उद्धार कार्य जारी छ। यसैगरी, बेपत्ता भएका प्रहरीहरु इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।

यी हुन् बेपत्ता ३ प्रहरी

– प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

– प्रहरी जवान मुन्ना ठाकुर

– प्रहरी जवान लोकेन्द्र बोहोरा

यी हुन् बेपत्ता ९ नेपाली नागरिक

– फुर्वा लामा

– गोविन्द मोक्तान

– लोकमान तामाङ

– जिपन चौधरी

– सन्तोष दइत

– बुद्धिराम थारू

– लक्ष्मीनारायण थारू

– सुरेश थारू

– नरेन्द्र विक

यी हुन् बेपत्ता ६ जना चिनियाँ नागरिक

– यु युइ

– ली हुवाछिन

– याङ चुआन

– यु हाइ हाङ

– यु छिआओ छुइ

– जोउ योङ

  himalayanvoice.com | २४ असार २०८२, मंगलवार १३:२९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online