ट्रेण्डिङ्ग:
|गभर्नर न्यूसमद्वारा ओरेन्ज काउन्टीमा आपतकालीन घोषणाको लागि राष्ट्रपति ट्रम्पलाई अनुरोध|संविधान संशोधन कार्यदलद्वारा शासकीय स्वरूप र निर्वाचन प्रणाली जस्ता विषयमा सुझाव सङ्कलन|कान्सको जुरी प्राइज अवार्डद्वारा सम्मानित ‘एलिफेन्ट इन द फग’ टोली स्वदेश फर्कियो|नेपाल अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश|परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड|हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|हिमाल र पहाडका केही स्थानमा मध्यम वर्षा, हिमपात, तराईमा तातो हावा|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह

सिमकोट विमानस्थलमा कोरोनायताकै धेरै उडान

हुम्ला । चीनले हुम्लाको हिल्सा नाका भएर भारतीय तीर्थयात्री मानसरोवर जान अनुमति दिएसँगै सिमकोट विमानस्थलमा उडान बढेको छ । हाल सिमकोट विमानस्थलमा दैनिक ४९ उडानसम्म हुने गरेका छन् । नेपालगन्जबाट सिमकोटका लागि जहाजले र सिमकोटबाट हिल्साका लागि हेलिकोप्टरले उडान भर्दा त्यति धेरै उडान भएका हुन् ।

पछिल्लो समय दैनिक ४९ उडानसम्म हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । उहाँले कोरोनापछिको यो सबैभन्दा बढी उडान भएको जानकारी दिनुभयो । यी पर्यटकलाई नेपालगन्जबाट सिमकोटसम्म सात वटा जहाजले ओसार्ने गरिरहेका छन् । जसमा समिटका तीन वटा, सीता र ताराका दुई/दुई वटा उडान छन् । मौसमले साथ दिए यी जहाजले दैनिक सातदेखि १४ वटासम्म उडान नेपालगन्जबाट सिमकोटका लागि भर्दै आएका छन् ।

त्यसै गरी सिमकोट विमानस्थलबाट हिल्सासम्म भारतीय धार्मिक पर्यटक ओसार्नका लागि पाँच वटा हेलिकोप्टर सिमकोट विमानस्थलमै रात्रिकालीन विश्राम गर्दै आएका छन् । यी हेलिकोप्टरले दैनिक २० देखि ३५ उडानसम्म सिमकोटबाट हिल्साका लागि भर्ने गरेका छन् । हेलिकोप्टरले मौसम सफा भए बिहान साढे ६ बजेबाट नै उडान भर्न सुरु गर्ने गर्छन् । प्रमुख सिंहले बिहान जहाजको उडान हुने समयमा सिमकोट विमानस्थलमा एयर ट्राफिकको समस्या भोग्नु परिरहेको बताउनुभयो । यो अवधिमा कहिले जहाज त कहिले हेलिकोप्टरले आकाशमा होल्ड गर्नु परिरहेको उहाँको भनाइ छ ।

हालसम्म ९३२ जना भारतीय धार्मिक पर्यटक सिमकोट विमानस्थलमा हवाईमार्गबाट आइपुगेको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । उहाँका अनुसार वैशाखमा दुई जना, जेठमा चार जना र असारमा ९२६ जना भारतीय पर्यटक सिमकोट भएर हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्न आइपुगेका हुन् । हालसम्म आएका भारतीय पर्यटकमा ४३२ जना महिला र पाँच सय जना पुरुष छन् । यो क्रम अझै जारी रहने छ ।

यस वर्ष रसुवाको केरुङ नाका र हुम्लाको हिल्सा नाकाबाट २० हजार भारतीय धार्मिक पर्यटकले मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटन व्यवसायी मिमबहादुर लामाले बताउनुभयो ।

  himalayanvoice.com | २५ असार २०८२, बुधबार १३:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online