ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

बन्द रहेका सुन पसल शुक्रबारदेखि खुले

काठमाडौँ । लामो समयदेखि बन्द रहेका सुन पसल शुक्रबारदेखि खुलेका छन् । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार छबुँदे सहमति भएपछि पसल खुला गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सुनको कारोबारमा विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गर्दै चार सातादेखि व्यवसायीले पसल बन्द गरेर आन्दोलन गरेका थिए । सरकारले व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गर्ने निर्णय गरेपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरी पसल खोलेका हुन् ।

लामो समयदेखि पसल बन्द हुँदा ग्राहकले गहना खरिद गर्न पाएका थिएनन् । सरकारले बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत भ्याट लगाएको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रेका थिए ।

एक सातादेखि व्यवसायीले सुनको मूल्यसमेत तोकेका थिएनन् । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार आठ सय रुपियाँमा करोबार भएको महासङ्घले जनाएको छ ।

  himalayanvoice.com | २८ असार २०८२, शनिबार ११:०३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online