ट्रेण्डिङ्ग:
|कतारद्वारा २०२६ मा प्रवेश भिसाको स्वत अवधि थप अध्यागमन सुबिधा अन्त्य|युएईद्वारा जुन ६ देखि इबोला प्रभावित ३ देशका लागि नयाँ भिसा निलम्बनको घोषणा|जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला|मणिराज गौतम: हेटौँडाको चुरेभावर देखि युरोपको आकाशसम्म सिर्जनाको ‘अग्नि-यात्रा’|सिनेटद्वारा ७० अर्ब डलरको अध्यागमन विधेयक अनुमोदन|इरानको सीमा नजिकै ट्याङ्करभित्र लुकेका ३० जना आप्रवासी नियन्त्रणमा|शुक्रराज कुँवरको लघुकथा संग्रह मिसाभरा लोकार्पित|नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो|नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ: सभापति लामिछाने|फाइनलका लागि नेपालले ओमानसँग खेल्ने

आदिकवि भानुभक्त आचार्य र स्वामी सोमेश्वरानन्दको जन्म जयन्ती एकै साथ

टिङ्कु भट्टराई, फिक्कल । बिगतका वर्षहरुमा झैँ श्री सूर्योदय सामाजिक प्रतिष्ठान द्वारा आयोजित आदिकवि भानुभक्त आचार्यको २१२औं र स्वामी सोमेश्वरानन्दको १९८ औं जन्म जयन्ती सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष श्री देवी प्रसाद गौतमको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय समाज सेवी श्री निर्मला कट्टेल अग्रवालले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो । शैक्षिक ,सामाजिक ,बौद्धिक व्यक्तित्वहरुको सम्मान जनक उपस्थितिले कार्यक्रमको शोभा बढेको थियो ।

आमन्त्रित अग्रज महानुभावहरुले प्रायःजसो भानुभक्तिय रामायणको श्लोकवद्ध वाचन गर्नुभएको थियो भने साहित्यप्रेमी,साहित्य अनुरागी अन्य महानुभाव विवेक शर्मा लामिछाने , कविता राई गाउँले,डि पि बास्तोला, बिक्रम सुन्दास,टिङ्कु भट्टराई आदिको गजल , मुक्तक र कविता वाचनले रौनकता थपेको थियो ।

प्रतिष्ठानका सचिव श्री प्रेम सागर भट्टराईले बढो रोचक तरिकाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

  himalayanvoice.com | ३० असार २०८२, सोमबार २३:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online