ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

काभ्रेमा बस दुर्घटना, २३ यात्रु घाइते

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दुर्घटनामा घाइते भएका यात्रुको नाम थर, वतन खुल्न बाँकी रहेको र उहाँहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताउनुभयो । दुर्घटना भएको बस घटनास्थलमा रहेको र बसचालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेको बताउनुभयो ।

  himalayanvoice.com | ४ श्रावण २०८२, शनिबार १०:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online