ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

काभ्रेमा बस दुर्घटना, २३ यात्रु घाइते

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

ब्रेक फेल भई बस सडकको भित्तामा ठोक्किँदा बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दुर्घटनामा घाइते भएका यात्रुको नाम थर, वतन खुल्न बाँकी रहेको र उहाँहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताउनुभयो । दुर्घटना भएको बस घटनास्थलमा रहेको र बसचालक प्रहरी चौकी दोलालघाटको नियन्त्रणमा रहेको बताउनुभयो ।

  himalayanvoice.com | ४ श्रावण २०८२, शनिबार १०:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online