ट्रेण्डिङ्ग:
|शिकागोका मेयरले पोप लियो चौधौंलाई सामाजिक न्याय र बसाइँसराइमा प्रमुख सहयोगीको रूपमा हेरे|ट्रम्पको १.७७६ अर्ब डलरको ‘हतियारीकरण विरोधी’ सम्झौता कोषबाट भुक्तानी अस्थायी रूपमा न्यायाधीशद्वारा रोक|एनपीआई नीति संवादले टुक्रे संशोधनभन्दा अघि बढेर “विदेशस्थित नेपाली संलग्नता नीति” र “विदेशस्थित नेपाली ऐन” आवश्यक रहेको निष्कर्ष निकाल्यो|कुन आयोजनामा कति बजेट विनियोजन ?|राजनीतिक दललाई सरकारी अनुदान दिने सरकारको योजना|टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो |गैर आवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला|सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा|आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन |एलए मेट्रोले तपाईंको यात्राको योजना सहित भुक्तानी गर्ने नयाँ र सरल तरिकाहरू सुरु गर्‍यो

स्वचालित प्रणालीबाट चार अर्ब लगानी प्रतिबद्धता

काठमाडौँ । विदेशी लगानीकर्ताले स्वचालित प्रणालीमार्फत चार अर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागले वैशाखदेखि सुरु गरेको अनलाइनमा आधारित उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको जनाएको छ । 

५० करोड रुपियाँसम्म कुल पुँजी हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृति यसै प्रणालीमार्फत हुने व्यवस्था मिलाएको छ । यस प्रणालीमार्फत विदेशी लगानीकर्ताले आफू रहेकै ठाउँबाट नेपालमा लगानीका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

पैंसट्ठी अर्ब लगानी प्रतिबद्धता

विदेशी लगानीकर्ताले नेपालमा करिब ६५ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । गत आव २०८१/८२ मा विभिन्न ८४० परियोजनामा ६४ अर्ब ९६ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार गत आवमा तीन अर्ब रुपियाँ बढी यस्तो प्रतिबद्धता प्राप्त भएको हो । त्यसअघि आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो । विभागका अनुसार आव २०७९/८० मा ३८ अर्ब ४० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

विभागका अनुसार एक वर्षमा आएको लगानी प्रतिबद्धतामध्ये ४८ प्रतिशत अर्थात् सबैभन्दा धेरै ३० अर्ब ९० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता सेवा क्षेत्रमा प्राप्त छ । एक वर्षमा सेवा क्षेत्रका ८४ परियोजना नेपालमा दर्ता भएका छन् । त्यस्तै ४१ प्रतिशत अर्थात् २६ अर्ब ८२ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा प्राप्त भएको तथ्याङ्कले देखाएको छ । यस अवधिमा पर्यटन क्षेत्रका ३०४ परियोजना नेपालमा दर्ता भएका हुन् ।

यस्तै उत्पादनमूलक र सूचना तथा प्रविधि क्षेत्रमा क्रमशः छ र तीन प्रतिशत अर्थात् तीन अर्ब र एक अर्ब ८४ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । कृषि क्षेत्रमा भने दुई प्रतिशत अर्थात् एक अर्ब ४६ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । एक वर्षको अवधिमा वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गर्नेमा सबैभन्दा धेरै ८४० वटा साना उद्योग, मझौला १० र ठुला उद्योग चार वटा रहेका छन् । लगानीकर्ता साना उद्योगमा आकर्षित हुन थालेपछि दर्ता सङ्ख्या पनि धेरै देखिएको हो ।

एक वर्षको अवधिमा फागुनमा सबैभन्दा धेरै करिब १८ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ ।

नेपालमा लगानीको चासो देखाउनेमा चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकका लगानीकर्ता बढी छन् । विभागका अनुसार नेपालमा अहिलेसम्म सात हजार २३९ परियोजनामा पाँच खर्ब ९४ अर्ब ७० करोड ६६ करोड ४० लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

मुलुकमा लगानीका लागि ठुलो परिमाणमा प्रतिबद्धता प्राप्त भए पनि त्यसको कमै मात्र लगानी भित्रिने गरेको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी मात्र भित्रिने गरेको विभागले जनाएको छ ।

  himalayanvoice.com | ५ श्रावण २०८२, आईतवार १२:२०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online