अमान्डा सेट्ज र ज्याक्वेलिन मार्टिन,वेस्लाको, टेक्सास (एपी)। आजकल जुआनिता घरको ड्राइभवेबाट बाहिर निस्कँदा हरेक पटक भगवानलाई प्राथना गर्छिन ।
दुई दशक अघि मेक्सिकोबाट संयुक्त राज्य अमेरिका आएकी र एक अमेरिकी सिकर्मीसँग विवाह गरेकी ४१ वर्षीया जुआनितालाई संघीय एजेन्टहरूले उनको खोजी गरिरहेका हुन सक्ने डर छ।
गत महिनाको अन्त्यतिर उनी नियमित औषधी किन्न फार्मेसी जाँदै थिइन् उनको श्रीमानले डरलाग्दो चेतावनी दिँदै फोन गरे:। अध्यागमन प्रवर्तन अधिकारीहरूले पसलको पार्किङ स्थल घेरेका थिए। उनि प्रिडायबेटिक छिन् आफ्नो पोषक तत्वको कमीलाई पुरा गर्ने औषधिहरू किन्दै थिइन् । डाउन सिन्ड्रोम भएको आफ्नी १७ वर्षीया छोरीको हेरचाह गर्नु पर्ने भएकाले उनी हिरासतमा लिइने जोखिम पनि लिन सक्दिनन्।
जुआनिताले स्पेनिश भाषामा दोभाषे मार्फत सोध्छिन्, ‘यदि म पक्राउ परें भने, मेरी छोरीलाई कसले मद्धत गर्नेछ?’ । यो समाचारमा उल्लेख गरिएका केही व्यक्तिहरूले आफ्नो आप्रवासन स्थितिको बारेमा चिन्ताको कारण आफ्नो पहिलो नाम मात्र सार्वजनिक गर्न जोड दिए।
ट्रम्प प्रशासनले देशभरि कागजपत्र बिहिनलाई पक्राउ र धरपकड तीव्र पार्दै जाँदा केही आप्रवासीहरू – जसमा धेरै जना दशकौंदेखि टेक्सासको विभिन्न भागमा बसोबास गर्दै आएका छन् – आवश्यक चिकित्सा सेवाको लागि पनि आफ्नो घर छोड्न इच्छुक छैनन्।
रियो ग्रान्डे उपत्यकाको यो १६० माइलको खण्डमा फैलिएको फ्रीवे स्ट्रिप मलहरू, सडक छेउको टाकेरिया र विशाल सिट्रस ग्रोभहरू पछाडि जुआनिता जस्ता मानिसहरू छन्, जसलाई राष्ट्रको सबैभन्दा गरिब र अस्वस्थ क्षेत्रहरू मध्ये एकमा पर्छ जहाँ उनीहरुलाई पनि चिकित्सा हेरचाह निरन्तर आवस्यक छ । पुस्तादेखि, मेक्सिकन परिवारहरू मिलेर बसोबास गर्दै आएका छन् – केही कागजपत्र बिहिन समेत छन् – यो मुख्यतया ल्याटिनो समुदायको साझा समस्या हो ।
‘धेरै डरलाग्दो अवस्था’
वर्षको अन्त्यसम्ममा १० लाख आप्रवासीहरूलाई हटाउने अभियानमा ह्वाइट हाउसका अधिकारीहरूले संघीय एजेन्टहरूलाई अस्पताल र चर्चहरू सहित सार्वजनिक सेवालाई नियन्त्रणमा लिएर धरपकड र पक्राउ गर्ने निर्देशन दिएका छन्। ती एजेन्टहरूले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा रहेका आप्रवासीहरूको खोजी गर्न संघीय सरकारको मेडिकल रेकर्ड डाटाबेसहरू पनि खोजिरहेका छन्।
थिंक ट्याङ्क सेन्टर फर इमिग्रेशन स्टडीजका निर्देशक मार्क क्रिकोरियन भन्छन्, ‘निर्वासन र कडा प्रतिबन्धहरूको परिणाम हुनेछ,’ प्रतिबन्धात्मक आप्रवासन नीतिहरूको पक्षमा रहेको ।’
‘हामीले यसलाई नियन्त्रणबाट बाहिर जान दिनु हुँदैनथ्यो,’ क्रिकोरियनले अघिल्लो बाइडेन प्रशासनको आप्रवासन नीतिहरूको बारेमा भने। “केही व्यवसायहरूमा कठिनाइहरू हुनेछन्। केही समुदायहरूले कठिनाइहरूको सामना गर्नेछन्।’
जुन महिनामा रियो ग्रान्डे उपत्यकाभरि दैनिक जीवनको परिवारको भरण पोषण गर्न कमाउनै पर्ने दिनचर्या बीच संघीय एजेन्टहरूले छापा मार्न थाले । जसरी यस क्षेत्रका १४ लाख बासिन्दाहरूले निसास्सिने गर्मी सहन कठिन रहेको बेला घाम र पनि नभनी आफ्नो दिन चर्याको लागि रोजीरोटीका लागि कमाउन घर बाहिर निस्किए ।
टेक्सासका यी श्रमिकहरुले २०२४ को चुनावमा ट्रम्पलाई समर्थन गर्दै मतदान गरेका थिए । यतिबेला उनीहरुलाई लक्षित गर्दै तिब्र पारिएको पक्राउ र धरपकड अभियानले उनीहरुको सामूहिक निर्वासनलाई निर्दयी रूपमा अगाडि बढाउने प्रयास गरे पनि। यहाँका मानिसहरू, जो एक समय अमेरिकाबाट मेक्सिकोमा आफन्तहरूलाई भेट्न वा सस्तो दाँतको उपचार प्राप्त गर्न नियमित रूपमा आउ जाउ गर्थे । उनीहरुको रोदन भरिएको आवाजले भन्छ, ‘निर्वासन अभियान आफ्ना छिमेकीहरूमा केन्द्रित हुनेछ भन्ने कल्पनामा पनि थिएन ।
दक्षिण टेक्सास ट्रम्पको पक्षमा
तर हालैका हप्ताहरूमा, रेस्टुरेन्टका कामदारहरूलाई बीच-बीचमा बाहिर निकालिएको छ र किसानहरूले अचानक खेतका कामदारहरू गुमाएका छन्। स्कूले केटाकेटीहरूले छापा मार्दा अभिभावक गुमाएका साथीहरूको बारेमा खुलेर कुरा गर्छन्। स्थानीय समाचारहरू र सीमा गस्ती अधिकारीहरूका अनुसार गत महिना स्थानीय फ्ली मार्केटबाट एक दर्जनभन्दा बढीलाई पक्राउ गरिएको थियो।
टेक्सासको वेस्लाकोमा होली फेमिली सर्भिसेज क्लिनिक चलाउने सान्ड्रा डे ला क्रुज-यारिसन भन्छिन्, ‘आप्रवासीहरू “कोलोनिया” बनाउने आफ्ना मोबाइल घरहरू र झुपडीहरूमा बन्द रहन्छन् । जोनिङ-मुक्त छिमेकहरू जहाँ कहिलेकाहीं बग्ने नालाको पानीले भिजाउछ वा बिजुलीको पहुँच हुँदैन।
‘मानिसहरूले जोखिम लिने छैनन्,” डे ला क्रुज-यारिसन भन्छन्। तर मानिसहरूलाई उनीहरूको परिवारबाट अलग्याइँदैछ।’
तैपनि यहाँका अस्वस्थ मानिसहरू देशकै सबैभन्दा बढी स्वास्थ्य सेवा आवश्यक पर्नेहरु मध्य पर्छन्।
लगभग आधा जनसंख्यामा मोटो पन छ। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ र वृद्धवृद्धाहरूलाई डिमेन्सिया हुने सम्भावना बढी हुन्छ। मूत्राशयको क्यान्सर बढी आक्रामक हुन सक्छ। प्रत्येक चार जनामध्ये एक जना मधुमेहबाट पीडित छन्।
दक्षिण टेक्सासमा बढी देखिने केही रोगहरू जनसंख्याको एक तिहाइ जतिसँग ती रोगहरूको उपचार गर्ने स्वास्थ्य बीमा छैन। र एक चौथाई मानिसहरू गरिबीमा बाँचिरहेका छन् जुन राष्ट्रिय औसतको दोब्बरभन्दा बढी हो।
गत वर्ष यस क्षेत्रमा ड्रिस्कोल बाल अस्पताल खोल्न मद्धत गर्ने बाल रोग विशेषज्ञ डा. स्टेनली फिश भन्छन्, ‘अब, यस क्षेत्रका धेरै मानिसहरू डरले डाक्टरसंग भेटघाट गर्न छोड्ने भएकाले स्वास्थ्यमा खराब स्थिति निर्माण हुदैछ ।’
फिश भन्छन्, ‘दुर्भाग्यवश, हामीसँग सधैं लामो समयदेखि उपचार नगरिएका मधुमेह भएका मानिसहरू छन् र अब यो अहिले यी अन्य समस्याहरूसँग जोडिएको छ । “यो मानिसहरूको लागि धेरै खतरनाक अवस्था हो। जनसंख्याले तदनुसार पीडा भोगिरहेको छ।’
स्वास्थ्य केन्द्र जाने बारेमा त्रास फैलिँदै छ
एल्भिया त्यो अभागी हुन् – बिरामी थिइन् जो क्लिनिकले समुदायका सदस्यहरूका लागि मासिक शैक्षिक बैठकको क्रममा सबैलाई प्रदान गर्ने स्वास्थ्य परिक्षणको लागि बसेकी थिइन्। उनको औंलाबाट रगत बग्दै गर्दा, मनिटरले १९४ ग्लुकोजको स्तर मापन गर्यो, जसले उनलाई प्रि-डायबेटिक भएको संकेत गर्छ।
होली फेमिली सर्भिसेज क्लिनिकमा नियमित हेरचाहको लागि आफ्नो ठेगाना लेख्ने विचारमा उनी असहमत थिइन्। न त उनी गरिब अमेरिकीहरूलाई स्वास्थ्य सेवा कभरेज प्रदान गर्ने संघीय र राज्य वित्त पोषित कार्यक्रम मेडिकेडमा भर्ना हुन चाहन्थिन्। यद्यपि उनी कानुनी बासिन्दा हुन् तर उनको घरमा बस्ने केही मानिसहरूको अमेरिकामा बसोबासको लागि कानुनी हैसियत छैन।
बिलिङ संयोजक एलिजाबेथ रेटा भन्छिन्, हालैका महिनाहरूमा होली फेमिली सर्भिसेजको कभरेज भएको क्लिनिकमा कम मानिसहरू आएका छन्। दशकौंदेखि क्लिनिकका मिडवाइफरी कर्मचारीहरूले क्याम्पसभरि अवस्थित बर्थिङ हाउसहरूमा बाथटब वा आरामदायी ओछ्यानमा हजारौं बच्चाहरूलाई जन्म दिन मद्धत गरेका छन्। तर अब, रेटा भन्छिन्, केही अभिभावकहरू ती बच्चाहरूलाई स्वास्थ्य बीमाको लागि साइन अप गर्न धेरै डराउँछन् किनभने तिनीहरू सरकारसँग धेरै जानकारी साझा गर्न चाहँदैनन्।
रेटा भन्छिन्, ‘मैले व्यक्तिगत रूपमा चिनेका मानिसहरूले पनि यहाँ जन्मेका आफ्ना बच्चाहरूको लागि मेडिकेड गर्थे – जो कानुनी रूपमा यहाँ छन्, तर आमाबाबु छैनन् – उनीहरूले मेडिकेड गर्न छोडे ।’
उनीहरूको चिन्ता जायज छ
गत हप्ता एसोसिएटेड प्रेसको अनुसन्धानले अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन अधिकारीहरूले राष्ट्रका ७ करोड ९० लाख मेडिकेड र बाल स्वास्थ्य बीमा कार्यक्रममा भर्ना भएकाहरूको व्यक्तिगत स्वास्थ्य डेटा – ठेगानाहरू सहित – पहुँच प्राप्त गरेको खुलासा गरेको छ। यो खुलासाले आइस अधिकारीहरूलाई “विदेशीहरूको पहिचान र स्थान जानकारी” प्राप्त गर्न अनुमति दिनेछ ।
टेक्सासमा, गभर्नरले आपतकालीन कक्षका कर्मचारीहरूलाई बिरामीहरूलाई उनीहरूको कानुनी स्थितिको बारेमा सोध्न आवश्यक बनाउन थाले । डाक्टरहरूले सुरु गरेको यो कदमले आप्रवासीहरूलाई आवश्यक हेरचाह खोज्नबाट रोक्नेछ। राज्यका अधिकारीहरूले भनेका छन् कि तथ्याङ्कले कानुनी रूपमा यहाँ नभएका आप्रवासीहरूको हेरचाहमा कति पैसा खर्च हुन्छ भनेर देखाउनेछ। तर संघीय कानूनले ढोकामा आउने कुनै पनि बिरामीको उपचार गर्न आपतकालीन बेडहरू आवश्यक छ, सुनिश्चित गर्नु पर्नेछ ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि होली फेमिली सर्भिसेजको मोबाइल क्लिनिकमा भ्रमण पूर्ण रूपमा बन्द भएको छ। एक समय कोलोनियामा ढोका ढोकामा चेकअप प्रदान गर्ने भ्यान अहिले निष्क्रिय अवस्थामा छ। १०० डिग्री तापक्रममा चिकित्सा आपूर्तिहरू ताजा राख्न क्लिनिकभरि यसको निरन्तर गुनगुन सुनिन्छ।
‘उनीहरु धेरै प्रभावित समुदायहरू थिए जसलाई वास्तवमै सेवाहरूको आवश्यकता थियो,’ डे ला क्रुज-यारिसन भन्छन्। ‘प्रशासन परिवर्तन भएपछि मानिसहरू आउँदैनथे।’
एउटी आमाले झन्डै आफ्नो छोरा गुमाइन्। एउटी छोरी डाक्टरकहाँ जान डराउँछिन्।
ट्रम्पको पहिलो कार्यकालमा आप्रवासीहरूले चिकित्सा हेरचाह खोज्ने सम्भावना कम रहेको धेरै अध्ययनहरूले निष्कर्ष निकालेका छन्। २०२३ मा बोस्टन, मिनियापोलिस र लिटिल रक, अर्कान्सासमा राम्रो बच्चाको भ्रमणको बारेमा गरिएको एक अध्ययनले २०१६ मा ट्रम्प निर्वाचित भएपछि आप्रवासी आमाहरूबाट जन्मेका बच्चाहरूको संख्यामा ५% गिरावट आएको उल्लेख गरेको छ। अध्ययनले ट्रम्पको पहिलो कार्यकालभरि आप्रवासन नियमहरूलाई कडा बनाउने योजनाको बारेमा समाचार आउँदा घुम घाम र भेटघाटमा समेत गिरावट आएको पनि उल्लेख गरेको छ।
‘यो एकदमै चिन्ताको वातावरण हो जहाँ उनीहरू बाल रोग विशेषज्ञसँग कुरा गर्न, स्कूल जान वा आफ्ना बच्चाहरूलाई बाल हेरचाहमा ल्याउन डराउँछन्,’ अध्ययनको निरीक्षण गर्ने बोस्टन विश्वविद्यालयकी अनुसन्धानकर्ता स्टेफनी एटिंगर डे क्युबा भन्छिन्।
यस वसन्तमा डाक्टरकहाँ ढिलो जानुले ८२ वर्षीया मारिया इसाबेल डे पेरेजलाई उनको छोराको ज्यान गुमाउनुपरेको थियो। उनले हप्तासम्म आफ्नो तीव्र र निरन्तर पेट दुखाइको लागि मद्धत लिन अस्वीकार गरे । बरु अर्कान्सासको खेतबारीमा अझै पनि प्रसव वेदना हुन दिनको लागि दैनिक टायलेनोल सेवन गरे, उनी भन्छिन्। अध्यागमन प्रवर्तन अधिकारीहरू अस्पताल बाहिर छन् भन्ने हल्ला फैलिएपछि उनले अस्पताल जान ढिलाइ गरे।
‘उनि प्रतिक्षामा बसिरहिन किनभने उनले दुखाइ महसुस गरेपनि अस्पताल जान भने डराइन,’ उनले स्पेनिश भाषामा दोभाषे मार्फत भनिन् । “उनी एपेन्डिक्स नष्ट नभएसम्म जान सकेनन्।’
उनको छोरा शल्यक्रिया पछि निको भइरहेको छ तर काममा फर्कन सकेको छैन, उनी भन्छिन्।
पेरेज एक स्थायी बासिन्दा हुन् जो ४० वर्षदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएकी छिन्। तर उनका सबै बच्चाहरू मेक्सिकोमा जन्मिएका थिए, र उनी ग्रिन कार्ड बाहक भएकोले, उनले उनीहरूलाई यता बोलाउन सक्दिनन्।
यसैबीच, मारियाले आफ्नो घर नजिकैको होली फेमिली सर्भिसेजको फूड बैंकमा स्वयंसेवा गर्न छोड्छिन्। उनले नजिकैको फार्महरूमा काम गर्न छोडेकी छिन्। र गत महिनाको गिरफ्तारी पछि उनी अब फ्ली मार्केटमा पैसाको लागि लुगा बेच्ने छैनन्।
रोटी, आलु, खुर्सानी र सिमी जुन भोकाहरूलाई बाँडिनेछ। धर पकड अघि लगभग १३० जना मानिसहरू मारियाबाट खानाको बक्स लिन आउँथे। तर यो खाना कारण जुन महिनामा जम्मा ६८ जना मात्र लिन आए ।
उनी गर्मीको यो महिना घरभित्रै बिताइरहेका १६, ११ र ४ वर्षका आफ्ना छोराछोरीहरूका लागि हरेक हप्ता एउटा बक्स घर ल्याउँछिन्। उनकी १६ वर्षीया छोरीले आफ्नो डिप्रेसनको औषधि रिफिल गर्न आवश्यक पर्ने चेकअप छोडेकी छिन्। टेक्स्ट ग्रुप च्याट मार्फत अध्यागमन छापामारीमा पक्राउ परेका साथीहरूको बारेमा सोधपुछ गर्ने किशोरीले आफू “ठीक छु” भनिन् ।
मारियाले वर्षौं अघि मेक्सिको छोडेकी थिइन् किनभने उनको गृहनगरमा खतरनाक गिरोहहरूले शासन गर्छन्, उनी भन्छिन्। उनले अहिले एक अमेरिकी ट्रक चालकसँग विवाह गरेकी छिन्।
‘हामी खराब मानिसहरू होइनौं,” मारिया आफ्नो भोजन कक्षको टेबलबाट भन्छिन्, जहाँ उनको ४ वर्षीय छोराले खुसीसाथ पप्सिकल खान्छ। “हामी हाम्रा बच्चाहरूको लागि राम्रो भविष्य चाहन्छौं।’
डरले गर्दा आफ्नो प्रिस्क्रिप्शन अनुसार औषधी नकिनेकि पूर्व-मधुमेह रोगी जुआनितालाई फेरि कहिले फार्मेसीमा जाने साहस मिल्छ भन्ने कुरा निश्चित छैन। तर घाँटीमा क्रूस झुण्ड्याएर क्याथोलिक भक्त भन्छिन् कि उनले त्यसो गर्नु अघि तीनवटा प्रार्थना गर्नेछिन्।
उनको १५ वर्षीय छोरा जोस बताउँछन: “हामी सधैं जानु अघि प्रार्थना गर्छौं।”
(एसोसिएटेड प्रेसले राष्ट्रिय प्रेस क्लबको सार्वजनिक स्वास्थ्य रिपोर्टिङ फेलोशिपको सहयोगमा तयार पारेको यो सामचार सामग्रीको लागि एपी जिम्मेवार छ।)
प्रतिक्रिया