ट्रेण्डिङ्ग:
|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए

आज बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक बिपी समाजवादका सन्दर्भमा जनताको जीवनस्तर उठाउन, आर्थिक रूपान्तरण गर्दै गरिबी अन्त्य गर्न बिपी कोइरालाको अवधारणा युगान्तकारी भएको बताउनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री कोइरालाकै १८ महिने सरकारले बिर्ता उन्मूलन गरेको र आर्थिक सुधारका नवीनतम प्रयत्न सुरु गरेको तथा नागरिकलाई आधारभूत आवश्यकतायुक्त बनाउने काम आरम्भ गरेको हो ।

ललितपुर । नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज स्मृति दिवस । पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दै छ । 

स्मृति दिवसको सन्दर्भ पारेर बिपीको सम्झना गरिरहँदा राजनीतिज्ञ एवं उहाँसँगै काम गरेका नेता र विश्लेषकले उहाँले देखाएको समाजवादको बाटो र राजनीतिक रूपान्तरणप्रतिको दृढतालाई अनुसरण गर्दै आर्थिक विकासमार्फत नेपालको समुन्नतितर्फ लाग्नुपर्ने बताउनुभएको छ । कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, पूर्वराजदूत प्राडा लोकराज बराल र बाम राजनीतिज्ञ पम्फा भुसालले नेपालमा लोकतन्त्र स्थापना गर्ने अभियानको आरम्भ गर्ने श्रेय बिपी कोइरालालाई नै जाने बताउनुभयो ।

रूपान्तरणकारी अवधारणा 

पूर्वराजदूत प्राडा लोकराज बरालले बिपी कोइराला समग्रमा धेरै तथ्य मिलेर बनेको व्यक्तित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राणाशाहीविरुद्धको सङ्घर्षमा जेलनेल भोगेको राजनीतिज्ञ, साहित्यकार, उहाँको परिवारले पनि त्याग गरेकै हो । उहाँसँग तुलना गर्नयोग्य अर्को राजनीतिज्ञ अहिलेसम्म मैले देखेको छैन ।”

उहाँले समाजवादका सन्दर्भमा जनताको जीवनस्तर उठाउन, आर्थिक रूपान्तरण गर्दै गरिबी अन्त्य गर्न बिपी कोइरालाको अवधारणा युगान्तकारी भएको बताउनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री कोइरालाकै १८ महिने सरकारले बिर्ता उन्मूलन गरेको र आर्थिक सुधारका नवीनतम प्रयत्न सुरु गरेको तथा नागरिकलाई आधारभूत आवश्यकतायुक्त बनाउने काम आरम्भ गरेको हो । उहाँले भन्नुभयो, “बिपी कोइरालाले नाराले होइन, वास्तविक राजनीतिक रूपान्तरणमार्फत समाजवाद स्थापना गरेर हरेक नागरिकलाई सम्पन्न बनाउनु पर्छ भन्नेमा दृढ भएर काम गर्नुभएको थियो । गाउँको विकासमा उहाँको जोड थियो । शिक्षा, स्वास्थ्यमा नागरिकको पहुँचको कुरा अहिले होइन, त्यतिबेलै बिपीको नीति अनुसार अघि बढेको हो ।”  पूर्वराजदूत प्राडा बरालका अनुसार परराष्ट्र नीतिका सन्दर्भमा बिपीको सरकार सफल भएको प्रस्ट पार्नुभयो । उहाँले चीन र भारतसँग सुमधुर सम्बन्ध बनाउने तथा चीनको नेतृत्वसँगै संवाद गरेर सगरमाथाका सन्दर्भमा भएको त्रुटि सच्याएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक कालखण्डमा अरू नेताले पनि राष्ट्रका लागि योगदान गर्नुभएको छ तर मैले तीन दशकयता भन्दै आएको छु, बिपी कोइराला नेपालको समग्र पुनर्जागरणको प्रतीक हो । राजनीति, भाषा, साहित्य, आर्थिक रूपान्तरणको खाका, लोकतन्त्रप्रति प्रतिबद्धसहित समग्र पक्षमा बिपीको योगदान विशिष्ट छ ।”

किसानका नेता कोइराला 

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले बिपी कोइरालाले नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गर्नुभयो । उहाँहरूका अनुसार नेता कोइराला नागरिकका आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने नेता हुनुहुन्थ्यो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, “किसानका पक्षमा उहाँले सधैँ चिन्तन गर्नुभयो र त्यही अनुरूपको नीति बनाउनुभयो । बस्नलाई घर, खेतबारी, एउटा गाई वा भैँसी हुनुप¥यो भन्नुहुन्थ्यो तर अहिले समाज रूपान्तरण भएको छ । तथापि उहाँको व्यक्तित्वको कुरा विश्वमै चर्चित र समाजवादी नेताका रूपमा विश्वभरि मान्यता र सम्मान थियो ।” उहाँले विश्वभरिका समाजवादी पार्टीहरूको साझा संस्थाको उपाध्यक्षको जिम्मेवारीमा पनि नेता कोइराला रहनुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “बिपी जीवनभरि सङ्घर्ष गर्ने नेता त्याग र प्रेरणाका स्रोत हुनुहुन्थ्यो । उहाँले समाजवादको अवधारणालाई आधारभूत वर्गका नागरिकसँग जोडेर बनाउनुभएको थियो ।”

नेता श्रेष्ठले कोइराला देशको युगीन रूपान्तरणका नायक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीको समाजवादको अवधारणा प्रस्ट छ । उहाँले हरेक नागरिकको जीवनस्तर आफू जस्तै होस् भन्ने सोच राख्नुभयो । एक गिलास दुध चार/पाँच जनालाई बाँड्दा एक एक चम्चा पनि पुग्दैन तर जसलाई आवश्यक छ, उसलाई मात्रै दिँदा काम लाग्छ भन्ने उहाँको सोचले समाजलाई रूपान्तरण गर्न मद्दत गर्छ ।” नेता श्रेष्ठले २०४६ सालको आन्दोलनपछि नेपालमा धेरै कुरामा परिवर्तन भएको, आर्थिकस्तर वृद्धि भएको र नागरिकको आयु बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकमा सचेतना अभिवृद्धि भएको छ । दिनभरि काम गरे पनि पेटभरि खान पाउने अवस्था थिएन । गाउँ गाउँमा बाटो पुगेको छ । बिपीको समाजवादलाई समयसापेक्ष कार्यान्वयन गर्दै समुन्नत देश बनाउनु पर्छ ।”

दीर्घकालीन सोच राख्ने नेता कोइराला 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले समकालीन राजनीतिका शिखर व्यक्तित्वका रूपमा बिपी कोइरालालाई स्मरण गर्नुभयो । उहाँले राणा शासन अन्त्य गर्न राजनीतिक आन्दोलनको अगुवाइ गरेर देशलाई युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने नेता कोइराला नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वतन्त्रताको पक्षधर नेता बिपी कोइरालाले सरकार सञ्चालन गरिरहँदा राणाशासन अन्त्य भए पनि पञ्चायतकालीन अर्को निरङ्कुशताबाट प्रताडित हुनुभयो । राष्ट्रियताको पक्षधर नेता हो । राजनीतिमा दीर्घकालीन सोच र लक्ष्य राख्ने नेता भएकैले उहाँले कार्यनीतिक दृष्टिकोणलाई प्रस्ट पार्दै अघि बढ्नुभयो ।”

पूर्वप्रधानमन्त्री कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । राणाशासन अन्त्यदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्दा गर्दै उहाँको निधन २०३९ साउन ६ गते भएको हो ।

  himalayanvoice.com | ६ श्रावण २०८२, सोमबार २०:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online