ट्रेण्डिङ्ग:

लसएन्जलसको आर्टेसियामा जनसम्पर्कको बनभोज र बिपी स्मृति दिवस सम्पन्न

लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसमा बनभोज कार्यक्रम सहित विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा बनभोजको साथमा बिपी स्मृति दिवस सम्पन्न भएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा बनभोज र स्मृति दिवस आयोजना गरिएको हो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बिपीको योगदान बारे बताएका थिए । विष्टले नेपालको राजनीति बिपीको विचारमा हिड्ने हो भने नेपाली जनताको सपना पूरा हुने बताए ।

बिपीले संसार भरी बसोबास गर्ने नेपालीलाई एकताको सूत्रमा जोड्ने उद्देश्यका साथ भारतमा पहिलो पटक जनसम्पर्क समितिको स्थापना गरेको विष्टले स्मरण गरे ।

विष्टले भने, ‘बिपीमा मेलमिलापको सिद्धान्त थियो। उहाँको त्यही भावनाले विश्वभरका नेपालीलाई एकताबद्ध गर्न जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको थियो । हाल विश्वका ३८ देशमा कांग्रेसको जनसम्पर्क समिति छ। अमेरिकाका ३७ राज्यमा च्याप्टर छ र च्याप्टरका कार्यकर्ताहरुले बिपीको विचार पछ्याई रहेका छन् ।’

कार्यक्रममा स्थानिय आर्टिसिया सिटीका मेयर अली सज्जाद ताज, त्रिविका पूर्व उपकुलपति डा. तीर्थराज खनिया, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, पुर्व महासमिति सदस्य हेमराज भट्ट, अभियन्ता एवं नेता नबिन पोखरेल, राजेश निरौला र दानबिर कृष्ण कोइरालाको समेत सक्रिय सहभागिता र उपस्थिति रहेको थियो ।

लसएन्जलसको ब्राण्ड, जनसम्पर्क समितिको बनभोज च्याप्टर सभापति मदन पाठक, काँग्रेसका युवा व्यक्तित्व नबीन पोखरेल, कार्यक्रम संयोजक राजेश निरौलाको अथक प्रयासले सफलता साथ् सम्पन्न भएकोमा यहाँका नेपाली समुदाय हर्षित भएका छन् ।

  himalayanvoice.com | ७ श्रावण २०८२, मंगलवार १२:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online