ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

जूनाम्पा र उसको दु:ख दिलिप राई सगर

जूनाम्पा
आराखा लागेपछि
बाटो हल्लाउदै
गाउँ उचालेर हिड्छ
अश्लील कर्कश शब्दहरुमा

उभित्र
ठूलो लाभा छ पीडाको जो विस्पोट गर्न
एक्लै बर्बराउँदै
आफैंलाई गाली गर्दै हिड्छ
सताउँछ मित्रलाई
कराउँछ शत्रुलाई
सराप्छ नेतालाई
थुक्छ सत्तालाई
अझ
धिक्कार्छ इस्वरलाई
जसले यति सुन्दर सृष्टि गर्यो
भुल्छ मृत्युलाई
जो उसँगै छ

किरातीको छोरा
तोरेम्पा*को सन्तान त पर्यो उ
आराखा खान उसले
आमाको पेटबाटै सिकेर आयो
जहाँ जान्छ बिन्दास
कति आराखा छोड्ने बाचा गर्यो
अहँ, सक्दैसकेन

जूनाम्पा
घरबाट गाडी लिएर
सिधै हानिन्छ -लिम्बू गाउँ
जहाँ लिम्बुनी हातले भरेको तोङ्बा पिउँछ
पिपाले तान्छ सन्नी लियोनको मुत
सितनमा खान्छ
स्टीभ जब्सको मुटु कलेजोको भुटन
अनि दिनभर
धिमाल टोल, माझी टोल घुमेर
घर पुग्दासम्म आँत मेट्न
गोजि रित्तो बनाउछ
र आफू फुल बन्छ

उ जाने भनेको
उसको अड्डा हो आराखा पसल
जहाँ उसले खुलेर
आफ्नो दु:ख बाँड्न पाउँछ साथीभाइलाई
र सुनाउँछ कविता र शायरी
आफ्नो बैंसको चकचक
आँसु र हाँसोको पहाड
दु:ख र पीडाको समुद्र

जूनाम्पा
कहिले यो बाटो अवीर खादा लाएर
सम्मान पत्र बोकेर हिंड्छ
कहिले लरबरिन्दै
झ्यापमा हिड्छ

नखाईन्जेल देवता
खाएपछि राक्षस हो उ

अड्डामा साथिभाइसँग बसिन्जेल
अति हंसिमज्जा गर्छ
तर छुटेर हिडेपछि
गाडी कता ?, टोपी कता ?, फोन कता ?
बाटोमा आफू कता ?
बिजोक रमाईलो हुन्छ
जूनाम्पा
मातेपछि होस हराएर
पूरै पागल बन्छ
घायल हुन्छ

उ मात्नुको
एउटै कारण हो परिवार
उसको श्रीमती सदैव विरामी
अनि
उसको बेरोजगारी

एउटा चक्का पन्चर भएको
बाईक हो उसको जीवन
जबरजस्ती घिसार्दैछ
बाङ्गो टिङ्गो यात्रामा

जूनाम्पा
आराखाले मातेपछि
बाटो हल्लाउँदै
गाउँ उचालेर हिंड्छ
जंगली पारामा ।

दिनांक
२०८१ साउन १५

-दिलिप राई सगर
उर्लाबारी, मोरङ
हाल: झापा

  himalayanvoice.com | ११ श्रावण २०८२, शनिबार १९:११

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online