ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

बाल यौन शोषण गरेर अमेरिकामा लुकेका बेल्जियमका रोमुलस मिहाइलाई देश फर्काइयो बेल्जियममा बाल यौन अपराधको दोषी ठहरिएपछि, मिहाई आफ्नो जेल सजाय भोग्नबाट बच्न संयुक्त राज्य अमेरिकामा लुकिछिपी बसेका थिए । उनी अप्रिल २०१३ मा भिसा छूट कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गरे र अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गर्दै अध्यागमन प्रक्रियामा निरन्तर लागे।

वासिङ्टन । अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (होमल्याण्ड सेक्युरिटी) र अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीको समन्वयमा आफ्नो देशमा बाल यौन शोषणको आरोपमा दोषी ठहरिएका बेल्जियमका फरार रोमुलस मिहाईलाई सुपुर्दगी गरिएको छ । वासिङ्टन, डीसीमा रहेको आईस र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसनले अप्रिलमा मिहाईलाई पक्राउ गरेको थियो । आईसले जुलाई ३१ मा उनलाई बेल्जियमका अधिकारीहरूलाई बुझाएको थियो।

बेल्जियममा बाल यौन अपराधको दोषी ठहरिएपछि, मिहाई आफ्नो जेल सजाय भोग्नबाट बच्न संयुक्त राज्य अमेरिकामा लुकिछिपी बसेका थिए । उनी अप्रिल २०१३ मा भिसा छूट कार्यक्रम अन्तर्गत अमेरिका प्रवेश गरे र अमेरिकी नागरिकता प्राप्त गर्ने प्रयास गर्दै अध्यागमन प्रक्रियामा निरन्तर लागे। यद्यपि, उनले कहिल्यै आफ्नो आपराधिक इतिहास सार्वजनिक गरेनन्।

युएससीआइएसले उनको प्राकृतिकीकरण आवेदनको निर्णय गर्दा उनको आपराधिक इतिहास पत्ता लगाएको थिएन तर राष्ट्रिय सुरक्षा निर्देशनालयले थप अनुसन्धानको लागि उनको मुद्धा एचएसआईको वाशिंगटन, डिसीलाई हस्तान्तरण गरे पछि ३३ वर्षीय बेल्जियमका फरार रोमुलस मिहाई दोषी रहेको तथ्य पत्ता लगएको थियो । अनुसन्धानमा प्राप्त प्रमाणको आधारमा, मिहाईलाई पक्राउ गरिएको थियो र अध्यागमन कार्यवाहीमा राखिएको थियो। न्याय विभागको एक अध्यागमन न्यायाधीशले उनलाई जुन २६ मा देश निकाला र सुपुर्दगीको आदेश दिएका थिए ।

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार २१:१७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online